कर्णालीमा बजेट निर्माणको चटारो, आकार बढाउने तयारी

कर्णालीमा बजेट निर्माणको चटारो, आकार बढाउने तयारी

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष (२०८२/०८३) को नीति तथा कार्यक्रम र बजेट निर्माणको कामलाई तीव्रता दिएको छ । त्यसका लागि सम्बन्धित निकाय, मन्त्रालयका सचिव तथा कर्मचारीहरूबिच बजेटका विभिन्न पक्षलाई लक्षित गर्दै छलफल तथा बहस भइरहेका छन् । प्रदेश सरकारहरूले असार १ गते बजेट ल्याउँछन् । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले मन्त्रालयहरूलाई बजेट सिलिङ वितरण गरिसकेको बताए । ‘केही दिनअघि मात्रै हामीले मन्त्रालयलाई बजेट सिलिङ दिइसकेका छौँ,’ उनले भने, ‘मन्त्रालयहरूले पनि सोही अन्तर्गत काम गरिरहेका छन् भने हामीले पनि बजेटसँग सम्बन्धित विभिन्न विषयमा मन्त्रालयमा छलफल गरिरहेका छौँ ।’ मन्त्री शाहका अनुसार हरेक मन्त्रालयलाई चालु आर्थिक वर्षको भन्दा ०.५ देखि ३ प्रतिशतसम्म बढाएर सिलिङ वितरण गरिएको छ । प्रदेश सरकारले चालु आर्थिक वर्ष (०८१/०८२) का लागि ३१ अर्ब ४१ करोड ४१ हजार बराबरको बजेट ल्याएको थियो । बजेट सिलिङ वितरणका आधारमा आगामी आर्थिक वर्षमा बजेटको आकार बढ्ने आकलन अर्थमन्त्री

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP