बागमती नदीमा भेटियो एक पुरुषको शव

११ असार, काठमाडौं । बागमती नदी किनारमा एक पुरुषको शव भेटिएको छ । दक्षिणकाली नगरपालिका–१ भैंसीबजारस्थित बागमती नदी किनारमा पुरुषको शव भेटिएको हो । मृत भेटिएका व्यक्ति ललितपुर महानगरपालिका–१४ थसिखेल बस्ने ३४ वर्षीय निरोज ढुंगाना रहेको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
थप पुरा समाचारको लागि